काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएका छन् । "/>

गृहमन्त्री भन्छन्, ‘लागुऔषध कारोबारीहरु हत्यारा र बलात्कारी हुन’

गृहमन्त्री भन्छन्, ‘लागुऔषध कारोबारीहरु हत्यारा र बलात्कारी हुन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्टै कानुनी कठघरामा उभिने बताए ।

उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाईसकेकाले अब दोषी पत्ता लगाउन सरकारलाई सहज हुने गृहमन्त्रीको तर्क छ । समितिले दिएको रिपोर्टको आधारमा हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन दिए । मदन आश्रितका हत्यारालाई अहिले सम्म कानुनी कठघरामा ल्याउन नसकिएको दृष्टान्त दिदै उनले निर्मला पन्तको घटनाका दोषि पत्ता लगाउनु पनि त्यत्तिकै जटिल रहेको संकेत गरे ।

बर्दियाका राम मनोहर यादवको प्रहरीको यातनाले नभई ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको दाबी गरे । प्रहरीले यादवलाई कुनै पनि किसिमको यातना नदिएको दाबी गरे । देशका विखण्डनकारीहरुसंग सम्बन्धित संगठनसँग सम्बद्ध रहेकाले यादवलाई प्रहरीले नियन्त्रणमा लिएको स्पष्ट पारे ।

वर्तमान सरकारले शान्ति स्थापना गर्न महत्वपुर्ण भुमिका खेलिरहेको भन्दै उनले पछिल्लो समय तुलनात्मक रुपमा हत्या, हिंसाका घटनामा कमि जिकिर गरे । निर्वाध मदिरा विक्रि वितरणले बलात्कारका घटना बढेको तथा लागु औषध नियन्त्रण र निषेध नगरेसम्म महिला हिंसामा कमि नआउने उनको तर्क छ ।

उनले भने, “लागु औषधका कारोबारीहरु हत्यारा हुन् । वास्तवमा तिनिहरु बलात्कारी हुन् । यस प्रतिको कठोर कानुन बनाउन जरुरी छ । राजनीतिक संकल्प गर्नु जरुरी छ । बलात्कारीहरुलाई सखाप पार्न त्यस किसिमको मेकानिजम पनि डेभलप गर्नु जरुरी छ । अहिले गृहमन्त्रालयले लागु औषधको कारोवारीलाई सखाप पार्ने अभियान अस्ति देखि सुरु गरेका छौ ।”

सामाजिक र वस्तुगत आधार नसच्याए सम्म महिला हिंसाका घटनामा कमि नआउने भन्दै उनले सामान्ति चिन्तन र पुँजीवादी चिन्तनले महिलामाथि दुर्रव्यवहार भईरहेको बताए ।

चाडपर्वको अवसरमा बढ्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा कालोबजारी रोक्नका लागि आवश्यक बन्दोबस्ती गर्नुको साथै खाद्यान्नको ढुवानी गर्ने लगायतको उचित व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई निर्देशन दिईसकिएको बताए ।

Logo