धनगढी । प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सिफारिस गरिएकामे हो । "/>

प्रदेश ७ को राजधानी गोदावरी, नाम सुदूरपश्चिम राख्न सिफारिस

प्रदेश ७ को राजधानी गोदावरी, नाम सुदूरपश्चिम राख्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

धनगढी । प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सिफारिस गरिएकामे हो ।

नाम र राजाधनीका विषयमा जाँचबुँझ गर्न गठित समितिको प्रतिवेदनको आधारमा राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ राख्न भनिएको हो । मंगलबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको बैठकमा उक्त प्रतिवेदन पेश गरिएको हो । अब बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल सुरु गरिने कार्यतालिका रहेको छ ।

अहिले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा रहेको छ । यसअघिको क्षेत्रीय सदरमुकाम रहेको दीपायलमा राजधानी हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन चलिरहेको छ ।

Logo