काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाबारे छानबिन समितिले मंगलबार प्रतिवेदन सरकारलाई बुझाएको छ । "/>

निर्मला प्रकरणमा समितिले प्रतिवेदन सरकारलाई बुझायो, अब के हुन्छ ?

निर्मला प्रकरणमा समितिले प्रतिवेदन सरकारलाई बुझायो, अब के हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाबारे छानबिन समितिले मंगलबार प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिका संयोजक सहसचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो।

कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ गते सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।

१५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो। प्रहरीको अनुसन्धानमा गल्ती भएको समितिले निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा घटनाको सम्भावित कारण, घटनास्थलको विवरण, प्रहरी अनुसन्धानलगायत सम्भावित आरोपीबारे पनि उल्लेख गरिएको बताइएको छ । गृहमन्त्री थापाले प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गरिने बताएका छन् । निर्मला हत्याकाण्डमा सरकार गम्भीर रहेको बताउँदैं गृहमन्त्री थापाले प्रतिवेदन कार्यान्वय सँगै अपराधीलाई पत्ता लगाएर कारवाही गराएरै छाड्ने बताए ।

 

Logo