काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै एक व्यस्त प्रधानमन्त्री हुन् । प्रधानमन्त्री कार्यालयको दैनिक काम, विदेश भ्रमणदेखि आगामी वर्षको निर्वाचनको तयारीको लागि उनी पार्टीको काममा व्यस्त हुने गर्दछन् । "/>

मोदी किन फेरि नेपाल आउँदैछन् ?

मोदी किन फेरि नेपाल आउँदैछन् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै एक व्यस्त प्रधानमन्त्री हुन् । प्रधानमन्त्री कार्यालयको दैनिक काम, विदेश भ्रमणदेखि आगामी वर्षको निर्वाचनको तयारीको लागि उनी पार्टीको काममा व्यस्त हुने गर्दछन् । मोदी व्यस्त भएकै कारण नेपाल–भारत प्रवुद्ध समूहले आफ्नो प्रतिवेदन वुझाउने समय पाईरहेको छैन् ।

प्रवुद्ध समूहका सदस्यहरुले पहिले मोदीलाई प्रतिवेदन वुझाउने अनि नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेका छन् । तर, मोदीले समय दिएका छैनन् । तर यही व्यवस्ताका वावजुद अनि भारतको निर्वाचनको मुखैमा मोदी पुन नेपाल भ्रमणमा आउने भएका छन् ।

मोदीको भ्रमणको बारेमा धेरैले धेरै अर्थ लगाएपनि मोदी निर्माण सम्पन्न हुन लागेको जनकपुर जयनगर रेल मार्गको उद्घाट्नको लागि पुन नेपाल भ्रमणमा आउन लागेका हुन् ।

विशेषत नेपालमा चीनको रेलको बारेमा अन्तर्राष्ट्रिय रुपमा नै बढी चर्चा भईरहेको समयमा भारतको सहयोगमा निर्माण भएको रेलमार्गलाई निकै प्रचार प्रसार गर्ने पक्षमा भारत रहेको छ । त्यसैले मोदी आफैं आएर प्रचार प्रसार गर्न चाहेका हुन् ।

त्यसैगरी सन् २०१९ मा हुने निर्वाचनलाई लक्षित गरेर मोदी नेपाल भ्रमणमा आउने लागेका हुन् । विशेषत नेपालसँगको सम्वन्ध राम्रो भएको सन्देश दिने, भारतमा रहेका लाखौ नेपाली भाषीको समर्थन जित्ने र सिमानामा पनि त्यही किसिमको अनुकुलता सिर्जना गर्नु मोदीको भ्रमणको मुख्य प्राथमिकता हो ।

अन्य कुनै पनि दक्षिण एसियाली मुलुकमा मोदी यसरी लगातर भ्रमणमा गएका छैनन् । शक्ति राष्टहरु अमेरिका र चीनका राष्ट्रपतिहरुसँग विभिन्न अन्तर्राष्टिय प्लेफर्मका भेट भएपनि पटक पटक औपचारिक भ्रमणमा गएका भने छैनन् ।

प्रधानमन्त्री भएकै वर्ष सन् २०१४ मा मोदी दुईपटक नेपाल भ्रमणमा आएका थिए । त्यसपछि केही महिना अगाडि जनकपुरको भ्रमणमा आएका थिए भने पछिल्लो समयमा विमस्टेक सम्मेलनमा भाग लिनका लागि मोदी काठमाडौं आएका थिए । भित्री रुपमा जे भएपनि नेपालसँग राम्रो सम्वन्ध रहेको देखाउनु मोदीको वाध्यता हो ।

 

Logo