काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली समयअनुसार आइतबार राति अमेरिका पुगेका छन् । "/>

अमेरिका पुगे प्रधानमन्त्री, के छन् भ्रमण कार्यक्रम ?

अमेरिका पुगे प्रधानमन्त्री, के छन् भ्रमण कार्यक्रम ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली समयअनुसार आइतबार राति अमेरिका पुगेका छन् । नेपाली दूतावासका अधिकारीहरुले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्रीले सोमबार नेल्सल मण्डेला शान्ति सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोमबार नै प्रधानमन्त्री ओलीले एसिया सोसाइटीले आयोजना गर्ने शान्ति, लोकतन्त्र र विकास विषयमा सार्वजनिक मन्तव्य दिने कार्यक्रम रहेको छ ।

ओलीले विभिन्न द्विपक्षीय भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मिसेस ट्रम्पले आयोजना गर्ने रात्री भोजमा राधिका शाक्यसहित प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्रीले असोज १० गते स्विटजरल्यान्डका राष्ट्रपतिसँग द्विपक्षीय हितका बिषयमा छलफल गर्नेछन् । सोही दिन भियतनामको स्वतन्त्रता दिवसको कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ ।

असोज ११ गते प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गटरेससँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा नेपालको नीति तथा योजनाको बारेमा मन्तव्य दिने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा नेपाली प्रतिनधिमण्डल सहित सहभागी हुने कार्यक्रम रहेको छ ।

असोज १२ गते प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच द्विपक्षीय हितका बिषयमा कुराकानी हुनेछ । असोज १३ गते प्रधानमन्त्री ओली कोष्टारिका पुग्ने कार्यक्रम छ । कोस्टारिकामा युनिभर्सिटी अफ पिस इन स्यान्जोसलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन कोस्टारिकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । कोस्टारिका प्रधानमन्त्री ओली चार दिन रहने कार्यक्रम छ । कोस्टारिकाबाट प्रधानमन्त्री ओली १६ गते न्यूयोर्क फर्कने कार्यक्रम छ । १७ गते प्रधानमन्त्री ओली न्यूयोर्कबाट स्वदेश प्रस्थान गर्नेछन् । १८ गते अपरान्ह ३.४५ बजे त्रिभूवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

तस्बिरः सुरेन्द्रबहादुर नेपाली, न्युयोर्क, रासस

Logo