काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । भारतीय सहयोगमा बनिरहेको जनकपुर-जयनगर रेल्वे सेवाको उद्घाटन गर्न मोदी मंसिर दोस्रो साता पाँचौं पटक नेपाल आउन लागेका हुन् । "/>

रेल्वे सेवाको उद्घाटन गर्न मोदी मंसिरमा फेरि नेपाल आउँदै

रेल्वे सेवाको उद्घाटन गर्न मोदी मंसिरमा फेरि नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । भारतीय सहयोगमा बनिरहेको जनकपुर-जयनगर रेल्वे सेवाको उद्घाटन गर्न मोदी मंसिर दोस्रो साता पाँचौं पटक नेपाल आउन लागेका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदीको नेपाल भ्रमणका लागि काठमाडौंस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयले तयारी थालेको छ ।

गत भदौमा विम्स्केट सम्मेलनमा सहभागी हुन चौथो पटक मोदी नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई लुम्बिनी भ्रमणको निम्ता दिएका थिए । ओलीको निम्तालाई स्वीकार गर्दै उपयुक्त समयमा नेपाल आउने विश्वास दिलाएका थिए ।

भारतको एएनआई न्यूजले भारतीय दूतावास स्रोतलाई उदृत गर्दै मोदी नोभेम्वर २८ र २९ (मंसिर १३ र १४ गते) नेपाल भ्रमणमा आउने जनाएको छ । मोदीको नेपाल भ्रमणको तयारी र तालिकामा काम भइरहेको समेत समाचारमा उल्लेख गरिएको छ । तर परराष्ट्र मन्त्रालयले भने मोदीको भ्रमणको हुने भए पनि मिति र एजेण्डा भने टुंगो लागिनसकेको जनाएको छ ।

भ्रमणका क्रममा मोदीले लुम्विनीको भ्रमण गर्ने समेत समाचारमा उल्लेख छ । ‘भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भगवान गौतम बुद्धको जन्मभूमि लुम्विनीको समेत भ्रमण गर्नुहुनेछ,’ दूतावास स्रोतले सीएनआईसँग भनेको छ, ‘यसअघि हुँदै आएका उच्चस्तरीय वार्ता तथा छलफलहरुसमेत हुँने छन्।’

 

 

Logo