जाजरकोट । नेकपा नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेश कमिटी सचिव पद अस्वीकार गरेका छन् । आफूलाई अपमान हुने गरी पदीय जिम्मेवारी तोकिएको भन्दै उनले पद अस्वीकार गरेका हुन् । "/>

अपमान गरेको भन्दै नेकपा कर्णाली प्रदेश सचिव शर्माद्धारा पद अस्वीकार

अपमान गरेको भन्दै नेकपा कर्णाली प्रदेश सचिव शर्माद्धारा पद अस्वीकार

केन्द्रबिन्दु
0
Shares

जाजरकोट । नेकपा नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेश कमिटी सचिव पद अस्वीकार गरेका छन् । आफूलाई अपमान हुने गरी पदीय जिम्मेवारी तोकिएको भन्दै उनले पद अस्वीकार गरेका हुन् ।

 

कर्णाली प्रदेशका मुख्यमन्त्रीको दाबेदार मानिएका शर्माले आफुलाई अपमान हुनेगरी पद दिईएको आरोप लगाए । शुक्रबारको नेकपा सचिवालय बैठकले सात प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको थियो ।

 

शर्मा तत्कालीन एकीकृत माओवादीका कर्णाली प्रदेश अध्यक्ष हुन्। पार्टी फुटपछि नेकपाको वैद्य समूहमा रहेका शर्मा रामबहादुर थापासँग एकीकृत माओवादीमा फर्किएका थिए । उनी तत्कालीन माओवादीका स्थायी समिति सदस्य हुन्।

 

२०६४ सालमा तत्कालीन माओवादीको तर्फबाट समानुपातिक सांसद बनेका थिए । कर्णाली प्रदेश अध्यक्षमा हुम्लाका पूर्वएमालेका नेता गोरख बोगटीलाई जिम्मेवारी दिइएको छ। बोगटी भन्दा शर्मा सिनियर हुन् । बोगटी पुर्वसांसद तथा तत्कालीन एमालेका केन्द्रीय सदस्य हुन्।

 

कर्णालीको इन्चार्जमा तत्कालीन माओवादी नेता जनार्दन शर्मा र सह इन्चार्जमा तत्कालीन एमाले नेता यमलाल कँडेललाई तोकिएको छ । इन्चार्ज तत्कालीन माओवादीको भागमा परेपछि अध्यक्ष तत्कालीन एमालेको भागमा परेको हो। नेतृत्व तहले पटक पटक आश्वासन दिने तर जिम्मेवारी नदिने, अध्यक्ष भएको व्यक्तिलाई अपमानित हुने गरी सचिवमा राखेको भन्दै पद अस्वीकार गरेको उनले बताए ।

Logo