काठमाडौं । अब नेपालमा सञ्चालिन स्वदेशी तथा विदेशी पोर्न साइटमाथि प्रतिबन्ध लाग्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले पोर्न साइटमा प्रतिबन्ध लगाउन लागेको हो । "/>

नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लगाउन सरकारको निर्देशन

नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लगाउन सरकारको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अब नेपालमा सञ्चालिन स्वदेशी तथा विदेशी पोर्न साइटमाथि प्रतिबन्ध लाग्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले पोर्न साइटमा प्रतिबन्ध लगाउन लागेको हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान प्रदान, प्रकाशन तथा प्रशारणलाई बन्देज लगाएको छ । सोही कानूनलाई आधार मानेर मन्त्रालयले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै इन्टरनेट मार्फत यौनजन्य अश्लि सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र समाजिक सद्भावमा खलल पुगेको दावी गरिएको छ । यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर छ ।

यस्ता अश्लिल सामग्रीको इन्टरनेटका माध्यमबाट आदान प्रदान, प्रकाशन, प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जानल सञ्चालक तथा प्रयोगकर्तामा अनुरोध गरेको छ ।

 

Logo