काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई महिना पुगेको छ । तर अहिलसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । हत्यारालाई सार्वजनिक गर्दै कारवाहीको माग गर्दै देशभर आन्दोलन भईरहेको छ । "/>

भिडियोमा हेर्नुहोस सत्ता नै हल्लिने कल्पना धमलाको भाषण

भिडियोमा हेर्नुहोस सत्ता नै हल्लिने कल्पना धमलाको भाषण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई महिना पुगेको छ । तर अहिलसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । हत्यारालाई सार्वजनिक गर्दै कारवाहीको माग गर्दै देशभर आन्दोलन भईरहेको छ ।

सडक आन्दोलनदेखि सदनसम्म निर्मलाको न्यायको लागि आवाज उठिरहेको छ । यसैविच शुक्रबार महिलाहरुले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले माईतिघर मण्डलादेखि नयाँ बानेश्वर सम्म सडक आन्दोलन गरेका हुन् ।

उनीहरुले नयाँ बानेश्वरमा पुगेर कोण सभा गरेका थिए । संयुक्त महिला संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा महिला शक्ति महासंघ सचिवालय सदस्य कल्पना धमला, अखिल नेपाल महिला संघका अध्यक्ष तथा पुर्व सांसद मिना पुन, अखिल नेपाल प्रगतिशिल महिला संगठनका केन्द्रिय उपाध्यक्ष जनक चालिसे लगायतको उपस्थिति रहेको थियो ।

महासंघका सचिवालय सदस्य कल्पना धमलाले निर्मलालाई न्याय दिन नसक्ने सरकार नैतिकताका आधारमा कुर्सी छोड्न चेतावनी दिईन् । उनले भनिन्, ‘अब पनि अलिकति नाक बचेको छ भने नैतिकताको आधारमा राजीनामा दिए हुन्छ । एउटा अपराधीलाई लुकाएर निर्दोषलाई अपराधी बनाउने सरकार सत्तामा बस्न सुहाउँदैन् ।’

 

Logo