प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् । "/>

उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित

उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले एक मात्रै उम्मेदवार श्रीवास्तवलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । सभापतिका एकमात्रै उम्मेदवार श्रीबास्तव सभापतिमा निर्विरोध निर्वाचित भएका समितिका जेष्ठ सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, प्रतिनिधिसभा

नवनिर्वाचित समितिका सभापति श्रीवास्तवले जनहितको पक्षमा काम गर्न सरकारलाई आवश्यक सुझाव दिने प्रतिवद्धता व्यक्त गरे । उनले चाडपर्व नजिक आएकाले बजार अनुगमनको कामलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने योजना पनि सार्वजनिक गरेका छन् । समितिका नवनिर्वाचित सभापति श्रीवास्तव सत्तारुढ संघीय समाजवादी फोरम, नेपालका सांसद  हुन् ।

Logo