काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले बस्दा बस्दा कांग्रेसको नसा च्यापिएको टिप्पणी गरेका छन् । "/>

‘कांग्रेसको बस्दा बस्दा नसा च्यापिएको छ अरिंगालले टोक्दा औषधी हुन्छ’

‘कांग्रेसको बस्दा बस्दा नसा च्यापिएको छ अरिंगालले टोक्दा औषधी हुन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले बस्दा बस्दा कांग्रेसको नसा च्यापिएको टिप्पणी गरेका छन् । पछिल्लो समय निकै नै चर्चामा रहेको अरिंगाल काण्डमा कांग्रेसलाई जवाफ दिँदै नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बुधबार राजधानीमा भएको एक कार्यक्रममा नेता भट्टराईले बस्दा बस्दा नसा च्यापिएको भन्दै कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने टिप्पणी गरे । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले नै आफ्ना नेताहरुलाई अरिङ्गाल बन्न निर्देशन दिएको भन्दै व्यग्य गरेका थिए ।

जवाफमा भट्टराईले भने अरिङ्गाल कांग्रेसलाई औषधि हुने बताएका हुन् । ‘कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको छ’ भट्टराईले भने, ‘अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुन्छ । त्यसकारण अरिङ्गाल औषधी हो ।’

केही दिन अगाडि एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरोधीहरुविरुद्ध अरिङ्गाल झै जाइलाग्न निर्देशन गरेका थिए । यसलाई लिएर विपक्षी कांग्रेसका नेताहरुले सरकार र सत्तारुढ नेकपामाथि निकै व्यंग प्रहार गरिरहेका छन् ।

Logo