प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई विना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको बताएका छन् । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने पनि बताए । "/>

संविधान आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ- प्रधानमन्त्री (भिडियो)

संविधान आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ- प्रधानमन्त्री (भिडियो)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई विना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको बताएका छन् । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने पनि बताए ।

सवै असन्तुष्टिका स्वरलाई संविधानमार्फत संस्थागत गर्न सकिने तर अधिकार माग्ने बहानामा मुलुकलाई क्रिडास्थल बन्न नदिने उनले प्रष्ट पारे । प्रधानमन्त्रीओलीले राजनीतिक क्रान्ति पूरा भइ सकेको भन्दै समृद्धि र विकासको साझा एजेण्डामा एकताबद्ध हुन सबै राजनीतिक दललाई समेत आग्रह गरे ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरालगायत संवैधानिकनिकायका प्रमुख, मन्त्रीहरु र सांसदहरुको सहभागिता थियो ।

कार्यक्रममा नेपाली सेनाले संविधानदिवस झन्डा अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो । त्यसैगरी नेपाली सेना, नेपालप्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कलाकौशलप्रदर्शन गरेका थिए । काठमाडौं, ललितपुर र भक्तपुर महानगरपालिकाले पनिआ–आफ्नो संस्कृतिझल्कने साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

Logo