काठमाडौं । संघिय संसद्को सचिवालयले प्रतिनिधि सभा अन्तर्गत रहने १० बिषयगत समितिहरुको सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । "/>

१० वटा विषयगत समिति सभापति निर्वाचन शुक्रबार

१० वटा विषयगत समिति सभापति निर्वाचन शुक्रबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघिय संसद्को सचिवालयले प्रतिनिधि सभा अन्तर्गत रहने १० बिषयगत समितिहरुको सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।

संघिय संसद्को सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार बिहिबार ११ बजे देखि ५ बजे सम्म समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एक जना प्रस्तावक र एक जना समर्थक रहेको उम्मेदवारी प्रस्ताव दर्ता गराउनु पर्ने छ ।

यसरि सबै १० वटा समितिमा दर्ता हुन आएको प्रस्ताब दर्ता समय अनुसार मिलाई बिहिबार बेलुका उम्मेदवारको सुची प्रकाशन गरिने छ । यसरि दर्ता हुन आएको प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ ।

जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यसलाई नै बिजयी घोषणा गरिने छ । सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्बिरोध घोषणा गरिने ब्यबस्था नियमावलीमा छ ।

शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरु राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।

 

Logo