सिके राउतका दुई सय भन्दा बढी कार्यकर्ता पक्राउ

सिके राउतका दुई सय भन्दा बढी कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

संविधान दिवसको विरोध गर्ने सिके राउतका दुई सय बढी कार्यकर्ता पक्राउ परेका छन्। एक मधेस एक प्रदेशको मागसहित बुधबार बिहानैदेखि संविधान दिवसको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

‘हिडौं जनकपुर भरौं जनकपुर’ नाराका साथ अभियान चलाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । विरोध जुलुससहित कार्यकर्ता जनकपुरको बाह्रबिघा मैदानमा उपस्थित भएका छन् । प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेपछि विरोध कार्यक्रम नै स्थगित भएको छ ।

Logo