काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको आरोप लगाएका छन् । "/>

ओली सरकार गिरोहले चलाएः प्रकाशमान सिंह

ओली सरकार गिरोहले चलाएः प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको आरोप लगाएका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनको टिप्पणी छ ।

गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा मंगलबार शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिका कुरा बढी तर काम कम गरिरहेको सिंहले बताए । जनतालाई राहत दिने काम सरकारले नगरेको भन्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘सुशासन र समृद्धिको कुरा उहाँले नारामा त धेरै गर्नुहुन्छ । तर जनताले त केही पाएका छैनन् । हिजो राति मात्रै दसैंको मुखमा इन्धनको मूल्य बढाइएको छ । जनतालाई केन्द्रविन्दुमा राखेर यो सरकारले काम गरेकै छैन ।’

स्वयम् प्रधानमन्त्री, सत्तारुढ दलका नेता तथा सांसदहरुका असन्तुष्टिले पनि यो सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा स्पष्ट हुने उनले बताए । सरकारको आलोचना गर्नेहरुविरुद्ध अरिंगाल बनेर जाइलाग्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रसंग जोड्दै नेता सिंहले भने, ‘हामीले त उहाँको केही टिप्पणीसमेत गर्न नहुने भइसक्यो । पत्रकारलाई हतकडी लगाएर लगिसकेको छ ।’

दुई तिहाइ बहुमत भए पनि वर्तमान सरकारले काम गर्नै नजानेको उनले दाबी गरे । उनले वर्तमान सरकारलाई फिस्टे चराको चालसँग तुलना गरे । ‘यो सरकारले राम्रो काम गरोस् भनेर हामीले सुरुमै शुभकामना दिएकै हो । अहिले पनि हाम्रो शुभकामना छ । तर के गर्ने फिस्टेको खुट्टैबाट चाल पाइन्छ भनेजस्तै यिनीहरुलाई म्यानेजै गर्न आउँदैन ।’

द्वन्द्वकालमा एक नेपालीले अर्को नेपालीलाई हत्या गरेको सुन्नुपरेजस्तै अहिले हत्या, आतंक र अपराधका घटना सुन्नु परिरहेको भन्दै नेता सिंहले सरकार शान्ति सुरक्षा कायम गर्न पनि असफल भएको आरोप लगाए ।

सरकारको गलत कार्यशैलीका कारण जनताले राहतभन्दा आहत बढी पाइरहेको भन्दै उनले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए । कांग्रेसले आफ्नो क्षमताले भ्याएसम्म सदनदेखि सडकसम्म नियम कानुनभित्रै रहेर काम गरिरहेको उनको भनाइ छ ।

 

Logo