काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । "/>

अख्तियार प्रमुख सिफारिस नवीनकुमार घिमिरेको सुनुवाई ४ गते

अख्तियार प्रमुख सिफारिस नवीनकुमार घिमिरेको सुनुवाई ४ गते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । संसदीय विषेश सुनुवाई समितिको मंगलाबार बसेको बैठकले घिमिरेलाई बिहीबार दिउँसो १ बजे सुनुवाईका लागि बोलाएको हो।

घिमिरेविरुद्ध हालसम्म समितिमा कुनै पनि उजुरी परेको छैन् । संसदीय सुनुवाई विशेष समितिबाट उनको नाम अनुमोदन भएमा समितिले त्यसको जानकारी संवैधानिक परिषद्लाई गराउनेछ ।

संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष त्यसको जानकारी गराएपछि राष्ट्रपतिबाट प्रमुख आयुक्त नियुक्ति हुने संवैधानिक व्यवस्था छ। गत भदौ २० गते संवैधानिक परिषद् बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो।

 

Logo