नेविसंघद्वारा गृहमन्त्री थापाको राजीनामा माग (भिडियोमा)

नेविसंघद्वारा गृहमन्त्री थापाको राजीनामा माग (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।

मुलुकमा जारी हत्या, हिंसा र बलात्कारविरुद्ध सोमबार काठमाडौंको प्रर्दशनीमार्गका विरोध प्रर्दशनमा उत्रेका संघका नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए । संघका अध्यक्ष नैनसिंह महरले जारी हत्या, हिंसा अन्त्य नभएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिनु भयो । हेर्नुहोस् भिडियो

 

Logo