काठमाडौं । पछिल्ला दिन निकै चर्चामा रहेको अरिंगालको विषयले संसदमा प्रवेश पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अरिंगाल जस्तै एकजुट भएर सरकारको प्रतिरक्षा गर्न कार्यकर्तालाई निर्देशन दिएपछि यस विषयले चौतर्फी चर्चा पाएको हो । "/>

प्रधानमन्त्रीको अरिंगाल संसद पस्यो, पम्पा भुसाल बचाउँमा लागिन्

प्रधानमन्त्रीको अरिंगाल संसद पस्यो, पम्पा भुसाल बचाउँमा लागिन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्ला दिन निकै चर्चामा रहेको अरिंगालको विषयले संसदमा प्रवेश पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अरिंगाल जस्तै एकजुट भएर सरकारको प्रतिरक्षा गर्न कार्यकर्तालाई निर्देशन दिएपछि यस विषयले चौतर्फी चर्चा पाएको हो । प्रधानमन्त्रीको निर्देशनका विषयमा प्रतिपक्षीले संसदमा आवाज उठाएको छ ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले प्रधानमन्त्रीले कतै विपक्षीमाथि जाइलाग्नु भनेको त हैन ? भन्दै प्रश्न गरेका थिए । ‘अरिंगाल जस्तै विपक्षीमाथि जाइलाग्नु भन्नु भएको छ’, केसीले भने, ‘निर्मला पन्तको हत्यामा नक्कली अपराधी हैन सक्कली थियो भन्नु गलत थियो। ३३ किलो सुन गायब पार्नेमाथि बोल्नु गलत थियो। मण्डलामा जुलुस गर्न पाउनु भन्नु गलत हो। विपक्षीलाई हमला गर्नु भन्नेमा जवाफ चाहियो।’

त्यस्तै कांग्रेसका अर्का सांसद सञ्जयकुमार गौतमले पनि अरिंगालको विषय उठाए । ‘अरिंगाल बनेर आक्रमण गर्न प्रधानमन्त्रीले दिएको निर्देशनले शिर लज्जाले निहुरिएको छ’, गौतमले भने, ‘आफूसँगैको माननीयलाई असभ्य देख्ने प्रधानमन्त्रीलाई सभ्यता सिकाउनु पर्दैन।’

तर सत्तारुढ नेकपाकी सांसद पम्फा भुषालले भने प्रधानमन्त्रीको भनाईको बचाऊ गरेकी छन् । उनले प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताप्रति लक्षित गरी दिएको अभिव्यक्तिलाई प्रतिपक्षीप्रति लक्षित भनेर टिप्पणी प्रष्ट पारिन् । ‘प्रतिपक्षीप्रति कार्यकर्ता लगाउनुपर्ने आवश्यकता छैन। प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपभ्रंश नगर्न विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु’, भुषालले भनिन्।

Logo