काठमाडौं । भारतीय सेनाका प्रमुख विपिन रावतले सार्वभौम सम्पन्न नेपालको अपमान गरेका छन् । उनले नेपाल र भुटानजस्ता मुलुक भारततर्फ ढल्किनुको विकल्प नभएको बताउँदै विश्वमा सार्वभौम सत्ता सम्पन्न देशको अपमान गरेका हुन् । "/>

भारतीय सेना प्रमुखले दिए नेपालबारे अपमानजनक अभिव्यक्ति

भारतीय सेना प्रमुखले दिए नेपालबारे अपमानजनक अभिव्यक्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय सेनाका प्रमुख विपिन रावतले सार्वभौम सम्पन्न नेपालको अपमान गरेका छन् । उनले नेपाल र भुटानजस्ता मुलुक भारततर्फ ढल्किनुको विकल्प नभएको बताउँदै विश्वमा सार्वभौम सत्ता सम्पन्न देशको अपमान गरेका हुन् ।

सेना प्रमुख रावतले भारतसँगको भौगोलिक निकटताका कारण नेपाल र भुटानले भारतलाई नजरअन्दाज गर्न नसक्ने बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतको इन्डियन एक्सप्रेस पत्रिकाको अनलाइन संस्करणका अनुसार दुबै मुलुकका लागि चीनसँगको झुकाव भौगोलिक कारणले अनुकूल नरहेको बताएका थिए ।

सेप्टेम्बर १० देखि भारतको पुनेमा भएको बिम्स्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासपछि मिडियासँग प्रतिक्रिया दिँदै रावतले नेपाल र भारतले भौगोलिक कारणले गर्दा भारतसँग निकट भइरहनुपर्ने बताए ।

‘उनीहरूले सम्बन्ध तोड्न सक्दैनन्। नेपाल र भुटानजस्ता देश स्वभाविक रुपमा भौगोलिक कारणले भारतसँग निर्भर छन्’ संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नभएको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सेना प्रमुख रावतले भनेका छन्, ‘भूगोल भारत अनुकूल छ न कि चीनतर्फ।’

Logo