नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा 'बादल'को सोचमै बादल लागेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले गृहमन्त्रीको सोच र क्षमता दुबैमा बादल लागेको बताएका हुन् । "/>

‘सोच र क्षमता दुबैमा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?’- गगन थापा

‘सोच र क्षमता दुबैमा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?’- गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सोचमै बादल लागेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले गृहमन्त्रीको सोच र क्षमता दुबैमा बादल लागेको बताएका हुन् ।

‘सोच र क्षमता दुबैमा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?’ संसदमा थापाले भने ।

थापाले ठूलो माछा पक्रन नसकेको, ट्रमा सेन्टरबाट डाक्टर उठाएको, विदेश जान लागेका लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको, पत्रकारहरुलाई पक्राउ गरेको लगायतको प्रसङ्ग उठाउँदै आफुहरुले गृहमन्त्री व्यक्ति ठिक तर क्षमतामा मात्रै बादल लागेको भन्ने ठानेको बताए ।

गृहमन्त्रीले बिहिबार संसदमा दिएको जवाफले अचम्मित परेको बताउदै सांसद थापाले गृहमन्त्रीको सोचमै बादल लागेको बताएका हुन् ।

 

 

Logo