प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन् । "/>

शहीदका सपना पूरा गर्न पनि पार्टी एकता- प्रधानमन्त्री

शहीदका सपना पूरा गर्न पनि पार्टी एकता- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथाँै स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताएका हुन् ।

उनले बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पु¥याउनु आवश्यक रहेको उल्लेख गरे । “सानातिना कुरा, आफ्नाa हित र अहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न सकिँदैन” उनले भने, “शहीदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानु पर्दछ ।”

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्नेसमेत बताए । “देशभित्र र बाहिर कतिपय शक्ति ‘के निहँु पाउँ कनिका बुकाउँ’ भनेर लागिरहेका छन्, हामीबीच अन्तरविरोध चर्काउन खोजिरहेका छन्” उनले भने, “हामी त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पु¥याउछौँ ।”

उनले कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीदेखि पोष्टबहादुर बोगटीका मार्गमा हिँडाएर जनताका आकांक्षा पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिए । “जुन किसिमको समाजवाद स्थापना गर्ने उहाँहरुले सपना देख्नुभएको थियो । त्यो सपना हामी पूरा गर्ने छौँ” प्रधानमन्त्रीले भने ।

सुखी नेपाली र समृद्ध नेपाल सबैको चाहना भएकाले त्यसलाई पूरा गर्न कम्युनिष्ट आन्दोलन एकढिक्का भएको भन्दै उनले अब यो एकता कहिल्यै विभाजित नहुने पनि बताए । उनले लोकतन्त्रलाई सुदृढ पार्दै देशमा भ्रष्टाचार निमूल पार्ने अभियानमा सरकार लागिपरेको समेत धारणा राखे ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उहाँ जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुनुहुने थियो भने । प्रचण्डले भने, “उहाँको पार्टी एकताबद्ध गराउनुपर्दछ भनेर भनेका कुरालाई हामीले कदर गर्नुपर्दछ ।”

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्नुपर्दछ भनेर सहमतिसमेत गराएको अध्यक्ष प्रचण्डले स्मरण गर्नुभयो । “त्यतिबेला बैठकमा हामीले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ल्याएका थियौँ” उनले भने, “उक्त प्रस्तावलाई बैठकभित्र सहज ढङ्गले उहाँले सहमति गराउनुभएको थियो ।”

अध्यक्ष प्रचण्डले बोगटी सरल, वैचारिक निष्ठा, कार्यकुशल र पारदर्शी ढङ्गको नेता भएको स्मरण गर्नुभयो । उहाँले आन्दोलनले धेरै नेता जन्माए पनि बोगटीजस्तो विशिष्ट क्षमता र गुण भएको नेता पाउन गाह्रो भएको बताए । जनयुद्ध ताकादेखि शान्ति प्रक्रियामा बोगटीले खेलेको भूमिका स्मरणयोग्य भएको उनले उल्लेख गरे ।

उनले बोगटी भएको भए अहिले हामी दुई अध्यक्षबीच कतिपय कुरामा सहमति गराउन पनि भूमिका खेल्न सक्नेसमेत बताए । “पार्टीमा हामी दुई अध्यक्ष छाँै । हामीबीच कतिपय कुरा मिलाउन अप्ठेरो आउन सक्दछन्” उनले भने, “तर उहाँ भएको भए हामीबीचका त्यस्ता अप्ठेरालाई मिलाउन सहज भूमिका निभाउनुहुन्थ्यो ।”

प्रचण्डले अहिले नयाँ युगमा आफूहरु प्रवेश गरेको भन्दै त्यो युगलाई सार्थक परिमाणमा पु¥याउन बोगटीमा भएको गुणलाई सिक्नुपर्ने धारणा राखे । कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले बोगटी पार्टीभित्र निष्ठावान् नेता भएकाले उहाँले देखाएको मार्गमा हिँडेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।

विसं २००९ साउन ३ गते बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको काखबाट जन्मिनुभएका बोगटीको २०७१ भदौ ३० गते बोगटीको हृदयघात र मस्तिष्कघातका कारण ६२ वर्षको उमेरमा निधन भएको थियो । तत्कालीन माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्षसमेत रहेका बोगटी ऊर्जामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र माओवादी केन्द्रको संसदीय दलको नेतासमेत थिए ।

Logo