आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने देउवाको संकेत

आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने देउवाको संकेत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने संकेत गर्नु भएको छ । सभापति देउवाले नेतृत्वको लागि आफू अझै नथाकेको प्रतिक्रिया दिनु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेसको भूमिका र आगामी चुनौतिहरु’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले आफू नेतृत्वका लागि नथाकेको भन्दै थाकेकाहरुलाई पार्टीबाट विदा लिन पनि आग्रह गर्नु भयो ।

कार्यक्रममा पार्टीका महामन्त्री शशांक कोइरालाले नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई आग्रह गर्नु भएको थियो । सोही प्रसंग उल्लेख गर्दै सभापति देउवाले आफू अझै नथाकेको भन्दै नेतृत्व नछाडने संकेत गर्नु भएको हो । सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कार्वाही गर्न आफूले प्रस्ताव राख्दा पनि नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउन अनुशासित पार्टी बनाउन सबैलाई पहल गर्न पनि सचेत गराउनु भयो । सभापति देउवाले सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण दिईरहेको गम्भिर आरोप पनि लगाउनु भयो । उहाँले पन्तका हत्यारा पत्ता नलगाए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिनु भयो ।

महामन्त्री शशांक कोइरालाले पार्टी नेतृत्व हस्तातरण गर्न सभापति देउवासँग आग्रह गर्नु भयो । उहाँले पार्टीलाई एकतावद्ध बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै त्यसको नेतृत्व गर्न पनि सभापति देउवाको ध्यानाकर्षण गराउनु भयो । महामन्त्री कोइरालाले कम्युनिष्ट नेतृत्वको सरकारको सर्वसत्तावादलाई परास्त गर्न पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । पार्टीलाई अघि बढाउन गुट, उपगुट अन्त्य गरेर अघि बढनुको विकल्प नरहेको महामन्त्री कोइरालाको भनाई थियो ।

Logo