संसदमा गृहमन्त्रीको जवाफ- ‘अपराधीहरु छिट्टै कानूनको कठघरमा आउँछन्’

संसदमा गृहमन्त्रीको जवाफ- ‘अपराधीहरु छिट्टै कानूनको कठघरमा आउँछन्’

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभा बैंठकमा जवाफ दिँदै अपराधीहरु छिट्टै कानूनको कठघरमा उभिने बताएका छन् ।

छानबिन अन्तिम चरणमा पुगेको बताउदै गृहमन्त्री ‘बादल’ले भने, ‘‘जनस्तरबाट गम्भीर चिन्ता पैदा भएको छ, दोषीमाथि कठोर कारवाही होस्, न्यायको कठघरामा परुन् र पीडितलाई न्याय मिलोस् भन्ने चिन्तामा गृहमन्त्रीको तर्फबाट सम्मान गर्छु र जिम्मेवारी रुपमा काम गर्न निर्देशन दिइएको छ ।’ घटना लुकाउन सरकारले प्रपन्च गरिरहेको भन्दै नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैंठक अबरोध गरेको थियो

उच्चस्तरीय छानबिन समितिका सदस्य उपसचिव विरेन्द्र केसीले राजीनामा दिएको सन्दर्भमा गृहमन्त्री थापाले गृह मन्त्रालयले शान्तिसुरक्षा दिने प्रतिवद्धता जनाएपछि केसी काममा फर्किएको बताए । ‘उहाँको सुरक्षाका लागि हामीले प्रहरी खटाएका छौं,’ उनले भने ।

त्यस्तै गृहमन्त्रीले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको बताए।

उनले पत्रकारलाई हिरासतमा लिनु गलत भएको स्वीकारे।

Logo