वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले पार्टीबाट राजिनामा दिएका छन् । संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयरमा निर्वाचित सरावगीले महानगरको कामकारबाहीमा पार्टीले अनावश्यक दबाव दिएको भन्दै पार्टीबाट राजीनामा दिएका हुन्। "/>

वीरगन्ज महानगरपालिकाका मेयर सरावगीद्वारा पार्टीबाट राजिनामा

वीरगन्ज महानगरपालिकाका मेयर सरावगीद्वारा पार्टीबाट राजिनामा

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले पार्टीबाट राजिनामा दिएका छन् । संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयरमा निर्वाचित सरावगीले महानगरको कामकारबाहीमा पार्टीले अनावश्यक दबाव दिएको भन्दै पार्टीबाट राजीनामा दिएका हुन्।

मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन्। उनले अब नेतृत्वलाई भेटेर राजीनामा पत्र बुझाउने तयारी गरेका छन् । सरावगीले पार्टी अनुकुलका काम गराउन चर्को दबाब आउने गरेको बताएका छन् । उनले दबाबमा बसेर काम गर्न नसक्ने भन्दै आफुले जनताको हित अनुकुलका काम गर्ने बताए।

बुधबार बसेको संघीय समाजवादी फोरम, वीरगन्ज नगर कमिटीको बैठकले मेयर सरावगीलाई ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि विवाद भएको थियो ।

फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्ष बित्दा पनि प्रभावकारी रुपमा नगरेको भन्दै आलोचना गर्दै आएका छन् ।

Logo