अब नेताले विदेशमा उपचार गरे सरकारले खर्च नदिने

अब नेताले विदेशमा उपचार गरे सरकारले खर्च नदिने

केन्द्रबिन्दु
0
Shares

विदेशमा गएर उपचार गराउने विशिष्ट व्यक्तिहरुलाई सरकारले खर्च नदिने भएको छ  ।  नेताहरु र विशिष्ट व्यक्तिहरुले हाल विदेशमा उपचार गराउंदा राज्यले सहयोग गर्दै आएको थियो  । तर प्रतिनिधि सभाले विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने गरी कानुन तयार पारेको छ। 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने उल्लेख गरी परिमार्जित बिधेयक तयार गरेको हो । परिमार्जित बिधेयकमा  ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’ भन्ने दफा थपिएको छ ।

त्यस्तै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सरकारले तोकेको समयमा अन्यत्र काम गर्न नपाउने ब्यवस्था पनि बिधेयकमा थपिएको छ।

 

Logo