गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा जेलमा रहेका छविलाल पौडेल सोमबार रिहा भएका छन् । जिल्ला अदालत, चितवनले आइतबार सफाइ दिएपछि डिल्लीबजार कारागारबाट उनलाई मुक्त गरिएको हो । "/>

कृष्णप्रसाद अधिकारी हत्याको अभियोग लागेका छविलाल पौडेल रिहा (भिडियोसहित)

कृष्णप्रसाद अधिकारी हत्याको अभियोग लागेका छविलाल पौडेल रिहा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा जेलमा रहेका छविलाल पौडेल सोमबार रिहा भएका छन् । जिल्ला अदालत, चितवनले आइतबार सफाइ दिएपछि डिल्लीबजार कारागारबाट उनलाई मुक्त गरिएको हो ।

चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले अधिकारी हत्याकाण्डका १३ प्रतिवादीमध्ये पौडेलसति १२ जनालाई सफाइ दिएको हो । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी अदालतले फैसला सुनाएको हो ।

पौडेललाई २०७२ पुस ६ गते सर्वोच्च अदालतले थुनामा राखी मुद्दा किनारा लगाउन फैसला सुनाएको थियो। तर गत असार २५ गते पाैडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई जेल चलान गरिएको थियो।  

जेलबाट निस्कदै पौडेलले आफुलाई फसाईएको प्रतिक्रिया दिए । यसै क्रममा अधिकारीका बुबा नन्दप्रसाद अधिकारीको अनसनका क्रममा मृत्यु भयो भने उनका आमा गंगामाया अधिकारीले केही समयअघि मात्रै अनसन तोडेकी थिइन् ।

Logo