प्रचण्डले भेटे प्रधानमन्त्री मोदी र विदेश मन्त्री स्वराज

प्रचण्डले भेटे प्रधानमन्त्री मोदी र विदेश मन्त्री स्वराज

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटबार्ता गरेका छन् ।

प्रचण्डले सुरुमा प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका थिए । भेटमा दुई देशका बीचको आपसी सम्बन्ध र नेपालको आर्थिक विकासका लागि भारतले गर्ने सहयोग लगायतका विषयमा छलफल भएको छ ।

मोदीसँगको भेट लगत्तै अध्यक्ष प्रचण्डले विदेशमन्त्री स्वराजसँग भेटबार्ता गरेका छन् । भेटका क्रममा आपसी सहयोग आदानप्रदानका बिषयमा कुराकानी भएको बताइए पनि बिस्तृत कुरा सार्वजनिक गरिएको छैन ।

Logo