नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन सुरु गरेको  छ । "/>

बानेश्वरबाटै सरकारलाई पत्रकारहरुको यस्तो चेतावनी

बानेश्वरबाटै सरकारलाई पत्रकारहरुको यस्तो चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन सुरु गरेको  छ । पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन संचार माध्यामबाट गरिएको आग्रह बेवास्ता गरेपछि महासंघले शुक्रबारबाट सडक आन्दोलन सुरु गरेको हो ।

शुक्रबार दिउँसो नयाँ बानेश्वरमा विरोध प्रर्दशन गर्दै पत्रकारहरुले आफूहरुलाई फौंजदारी अभियोग लगाउने प्रावधान हटाउन सरकार तयार नभएपछि बाध्य भएर सडक आन्दोलन सुरु गरेको बताएका छन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभएपछि सडक आन्दोलनमा आउन बाध्य हुनु परेको बताए ।

उनले तत्काल आफूहरुको माग अनुसार नयाँ मुलुकी ऐन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध रहेको, कतिपय प्रावधान पत्रकारहरुलाई अपराधि सरह कार्वाही गर्ने ढंगले आएको भन्दै त्यसलाई सच्याउन माग गर्दै सरकार र सरोकारवाला निकायलाई ज्ञापन पत्र समेत बुझाई सकेको छ ।

अध्यक्ष आचार्यले अब पनि आफूहरुको माग सम्बोधन नभए सरकार विरुद्ध कडा आन्दोलनमा जाने गरी आगामी सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी दिएका छन् । आन्दोलनको थप कार्यक्रम तय गर्न आईतबार र सोमबार महासंघको कार्य समिति बैठक बोलाइएको छ । सोही बैठकले आन्दोलनको थप कार्यक्रम तय गर्नेछ ।

Logo