सर्वोच्च अदालतले शुक्रबार प्रहरी हिरासतमा रहेका रहेका नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई रिहा गर्न आदेश दियो । "/>

उमा भुजेल रिहा लगतै पक्राउ

उमा भुजेल रिहा लगतै पक्राउ

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले शुक्रबार प्रहरी हिरासतमा रहेका रहेका नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई रिहा गर्न आदेश दियो । गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय सारदा प्रसाद घिमिरे र प्रकाशमानसिंह राउतको संयुक्त इजलाशले शुक्रवार थुनामुक्त गर्न आदेश दिएको थियो ।

काभ्रेको क्रसर उद्योगमा आगजनी गरेको मुद्दामा भुजेल पक्राउ परेकी थिइन् । सर्वोच्चको आदेशपछि भुजेल रिहा भइन् । तर रिहा भएको केही बेरमा उनी फेरि पक्राउ परेकी छन् । तर उनलाई अहिले किन पक्राउ गरियो भन्ने बारेमा प्रहरीले कहे खुलाएको छैन ।

सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पहिलो संविधानसभामा सभासद थिइन् । नेकपाका प्रबक्ता खड्क बहादुर बिश्वकर्मालाई पनि बिभिन्न मुद्धाका लागि सरकारले पक्राउ गर्ने र छाड्ने क्रम चलिरहेको छ । अहिले उनी दाङ प्रहरीको हिरासतमा छन् ।

Logo