प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच भेटबार्ता भएको छ । देवेगौडाले शुक्रबार प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा भेट गरेका हुन् । "/>

प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेट

प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच भेटबार्ता भएको छ । देवेगौडाले शुक्रबार प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा भेट गरेका हुन् ।

भेटमा देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको स्मरण गरेको जनाएको छ । त्यस्तै उनले नेपालले बिम्स्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाई तथा धन्यवाद दिएको पनि सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताएका छन् । देवेगौडा पशुपतिनाथको पूजा र दर्शनका लागि नेपाल आएका हुन् ।

 

यो पनि 

के नेपालमाथि भारतले महत्व बढाएकै हो ? शिर्ष नेताको ओईरो

Logo