प्रचण्ड आज भारत जाँदै

प्रचण्ड आज भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज भारत जाँदै छन् ।

भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणमा उनी तीन दिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली जान लागेका हुन । दाहालले भोलि विश्व सम्बन्ध परिषद्ले गर्न लागेको नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्षबारे आफ्नो धारणा दिने कार्यक्रम छ ।

भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।

Logo