चिया  मजदूरहरु सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन्। न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन सुरु गर्ने भएका छन् । "/>

चिया मजदूर पारिश्रमिकबाट वञ्चित

चिया मजदूर पारिश्रमिकबाट वञ्चित

केन्द्रबिन्दु
0
Shares

चिया  मजदूरहरु सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन्। न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन सुरु गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले आन्दोलन गर्ने जनाएको छ ।

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदूरको न्यूनतम पारिश्रमिक रू २७८ बाट वृद्धि गरी रू ३८५ निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको पारिश्रमिक मजदूरले पाउन नसकेको नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बताए । चिया बगान मालिकले सरकारी निर्णयको अवज्ञा गर्दा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । उनले भने “सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनु हाम्रो अधिकार हो,” ।

अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटाले पारिश्रमिक माग्दा व्यवसायीले अड्को थापेको बताइन्। अखिल नेपाल चिया मजदूर सङ्घ प्रदेश नं १ का इञ्चार्ज भूपाल सापकोटाले मजदूरले आफ्नो उचित पारिश्रमिक माग्दा व्यवसायीले दिन नमानेको बताए । पारिश्रमिक नदिए उद्योग सञ्चालकलाई सरकारले कारवाही गर्नुपर्ने उनको माग रहेको छ ।

Logo