१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । "/>

बिमस्टेक सम्मेलन यसरी भयो समापन, काठमाडौँ घोषणापत्रमा के छ ? (भिडियोसहित)

बिमस्टेक सम्मेलन यसरी भयो समापन, काठमाडौँ घोषणापत्रमा के छ ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्रमा हस्ताक्षर गर्दै सम्मेलन सम्पन्न भएको हो ।

यसै बीच पाँचौ बिमस्टेक सम्मेलन श्रीलंकामा हुने भएको छ । आज भएको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गरेका छन् ।

राष्ट्रहरुबीच राजमार्ग, रेल मार्ग, हवाई तथा जल मार्ग तथा विद्युत प्रसारण लाइनमार्फत जोड्ने विषयमा सहमति भएको छ ।

सम्झौताका प्रमुख बुंदाहरु

१. बिम्स्टेक चार्टरको मस्यौदा तयार गर्ने

२. कार्यसञ्चालन नियमहरु विकास गर्ने

३. बिम्स्टेक विकास कोष स्थापनाको सम्भाव्यतालाई अध्ययन गर्ने

४. सचिवालयको क्षमता वृद्धिबिकासमा सहमत

५. योजना तथा कार्यक्रमहरुको कार्यान्वयन लागि आर्थिक तथा मानव शंसाधनलाई व्यवस्थित गर्ने

६. बिम्स्टेकका निर्देशकहरुको संख्या ७ बनाउने । सबै सदस्य राष्ट्रबाट एक-एक निर्देशक राख्ने

७. प्राथमिक क्षेत्रहरुको समिक्षा गर्ने

८. दीगो विकासको एजेण्डा २०३० कार्यान्वयन गर्ने र वंगालको खाडी क्षेत्रमा २०३० भित्र गरिवि निवारण गर्ने प्रतिवद्धा

९. मल्टी मोडेल ट्रान्सपोटेसन लिंकेजलाई जोड दिँदै पारवहान सुविधानलाई सहज बनाउँदै हाइवे, रेलवे, वाटर वे, सी रुट, एयरवे विस्तार तथा आधुनिकिकरण गर्ने

१०. बिम्स्टेक कोस्टल सिपिङ एग्रिमेन्ट र बिम्स्टेक मोटर भेइकल एग्रिमेन्टलाई यथासिघ्र सम्पन्न गर्न निर्देश गर्ने

११. कनेक्टिभिटी सम्बन्धि बिम्स्टेक मास्टर प्लानलाई कार्यान्वयनका निर्देश गर्ने

१२. सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यटोली गठन गर्ने

१३. बिम्स्टेक फ्रि ट्रेड एरिया सम्बन्धि कुराहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता

१४. बिम्स्टेक भिसा सहजताका लागि मोडालिटी तयार गर्ने

१५. आतंकवाद तथा अन्तरदेशीय संगठित अपराध नियन्त्रणका लागि कानुन कार्यान्वयन, गुप्तचर तथा सुरक्षा निकायबीचको साझेदारीलाई मजबुद बनाउने

१६. प्रकृतिक प्रकोप व्यवस्थापनका लागि अन्तरसरकारी विज्ञ समूहको गठन गर्ने

१७. जलविद्युत तथा नविकरणीय उर्जाको क्षेत्रमा उर्जा साझेदारीका लागि अन्तर सरकारी विज्ञ समूह गठन गर्ने

१८. जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयन गर्ने

हेर्नुहोस् भिडियो रिपोर्ट 

Logo