भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी आज शुक्रबार दिउँसो नेपाल आइपुगेका छन्। गान्धी इन्डिगोको जहाजबाट केहिबेर अघि काठमाडौं आएका हुन्। "/>

भारतका दुवै शिर्ष नेता नेपालमा, राहुल गान्धी पनि आइपुगे

भारतका दुवै शिर्ष नेता नेपालमा, राहुल गान्धी पनि आइपुगे

केन्द्रबिन्दु
0
Shares

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी आज शुक्रबार दिउँसो नेपाल आइपुगेका छन्। गान्धी इन्डिगोको जहाजबाट केहिबेर अघि काठमाडौं आएका हुन्। स्रोतका अनुसार उनी निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनी नेपाल हुँदै मानसरोबर जाने बुझिएको छ।

गान्धी कसको निमन्त्रणामा केको लागि आएका हुन् भन्ने केहि खुलाइएको छैन। गान्धी आज काठमाडौँमा नै बस्ने र शनिबार नेपालगञ्ज जाने बुझिएको छ ।  नेपालगञ्जबाट हेलिकोप्टरमा हुम्ला हुँदै मानसरोबर पुग्ने छन्।

गत २६ अप्रिलमा कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा गान्धी चढेको जहाज आपतकालीन अवतरण गरिएको थियो । त्यतिबेला गान्धीले आफुलाई कैलाश मानसरोवार याद आएको प्रतिक्रिया दिएका थिए । बिम्स्टेक सम्मेलनमा सहभागी हुन् आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि काठमाडौँमै छन् । मोदी आज बेलुका स्वदेश फर्किने कार्यतालिका छ ।

Logo