‘साझा प्रयासबाट बिमस्टेकको समृद्धि सम्भव’- प्रधानमन्त्री ओली

‘साझा प्रयासबाट बिमस्टेकको समृद्धि सम्भव’- प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताएका छन् । 

बिम्स्टेकको चौथो शिखर सम्मेलन समापन गर्दै उनले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गरे ।  प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण निर्वाह गरेका बिम्स्टेकका महासचिव, सदस्य देशका सम्बद्ध निकायका पदाधिकारी, नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्वत्वर्गलगायत सबैमा उहाँले कृतज्ञता व्यक्त गरे । नेपालले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा कूटनीतिक क्षमता प्रदर्शन गरेको छ ।

Logo