काठमाडौँमा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज सकिँदै छ । "/>

बिमस्टेकमा आज: काठमाडौँ घोषणापत्र जारी गर्नेदेखि रेल सम्झौतासम्म

बिमस्टेकमा आज: काठमाडौँ घोषणापत्र जारी गर्नेदेखि रेल सम्झौतासम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज सकिँदै छ । अन्तिम दिन आज काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यतालिका छ ।

आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमै ‘रिट्रिट’दिएका थिए । ‘रिट्रिट’मा सम्मेलनका सहभागी दस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको अनौपचारिक छलफल समेत भएको थियो ।

आज जारी गर्ने घोषणापत्रमा उर्जा आदान प्रदानका लागि ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर गर्ने गरि सचिव र मन्त्रीस्तरीय बैठकमा सहमति भइसकेको छ । ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकबाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुने र त्यसपछि काठमाडौं घोषणापत्र जारी हुने छ ।

लगतै पाँचौ शिखर सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य दिने कार्यतालिका छ ।

भेटवार्ताहरु

आज नेपाल र श्रीलंकाका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यस क्रममा नेपाल र श्रीलंकाबीच एउटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

त्यसैगरी नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ । प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा जाँदा दुई देशबीच रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग सम्बन्धी सहमति भएको थियो।

मोदीले भारतीय सहयोगमा पशुपति मन्दिरम निर्माण गरिएको धर्मशाला पनि हस्तान्तरण गर्नेछन् ।

स्वदेश फिर्ता

सम्मेलनमा सहभागी हुन काठमाडौं आएका विशिष्ट पाहुनाहरु मध्ये ४ जना आज नै स्वदेश फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज फर्कने भएका हुन् ।

Logo