प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ । "/>

कांग्रेसको चेतावनी- ‘हुकुमी शासन चलाए संघीयता टिक्दैन’

कांग्रेसको चेतावनी- ‘हुकुमी शासन चलाए संघीयता टिक्दैन’

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ । 

मंगलबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका बिना हुकुमी शासन चलाउने कल्पना नगर्न सरकारलाई सचेत गराएका हुन् । कानुनको शासनबाट मुलुक चलाउनका लागि स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायापालिका हुनु जरुरी रहेको भन्दै उनले हुकर्मी शैलीमा मुलुकको शासन प्रणाली संचालन हुन नसक्ने चेतावनी दिए ।

उनले ७ सय ६१ वटा सरकारलाई हुकुमी शासनको शैली र तजबीचको आधारमा चलाउन खोजिए संघीयता नै असफल हुने दाबी गरे । उनले कानुनको सहि पालना गरि कानुनका आधारमा अघि बढ्न पनि उनले सरकारलाई सचेत गराए ।

हालै सामाजिक संञ्जालमा प्रधानमन्त्रीको अनुहारलाई विरुप बनाएर केही टांसेर छापिएको र त्यसलाई शेयर गरेका कारणले केही व्यक्ति साइबर क्राईममा पक्राउ गर्ने काम भएको भन्दै अपराध र सामान्य व्यङग्यलाई छुट्याउन सरकारको ध्यानाकर्षण गराए । उनले सार्वजनिक पदाधिकारीहरुको व्यङग्य हुने भन्दै कुन स्थान सम्म व्यङग्य र कुन स्थान सम्म अपराध भन्ने कुराको ठहर गरिनुपर्ने बताए ।

प्रेसले हाम्रा विरुद्धमा धेरै कानुन कसि कसाउ भएर आउँदै छन् भनिरहेका बेला भएको यस्तो कामले प्रेस आत्तिएको भन्दै उनले प्रेसलाई संकुचन र न्यायलयलाई नियन्त्रणमा राखेर शासन चल्न नसक्ने बताए । प्रधानमन्त्रीले सम्पादकहरुलाई बोलाएर निरासाका कुरा नलेख्दिन गरेको आग्रहप्रति उनले तिखो टिप्पणी गरे । उहनले भने ‘पत्रकारले निरासाको स्थिति श्रृजना गराएको हो ? ६ महिनामा यति त प्रधानमन्त्री ज्युलाई रियलाईज भएछ । कि निरासा देशमा बढ्दै छ । निरासालाई आशामा बदल्ने काम प्रधानमन्त्रीको हो कि प्रेसको हो ? ”

उनले विप्लब समुहका खड्ग बहादुर विश्वकर्मालाई पटक पटक नियन्त्रणमा लिनु, अयोग्य लडाकुलाई बाहिर जानबाट रोक्नु तथा कंचनपुरको हालैको घटनाले मुलुकको मानवअधिकारको स्थिति उजागर गरेको र त्यसले जनतामा निराशा बढाईरहेको दाबी गरे ।

Logo