प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारी लगायतका विषयमा सम्बोधन गर्ने भएका हुन् । 

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए  । उनले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिने छन् ।

यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको चौथौ शिखर सम्मेलन हुँदैछ । 

Logo