बलात्कार र भ्रष्टाचारमा मृत्युदण्ड आवश्यक- पूर्व कानुनमन्त्री

बलात्कार र भ्रष्टाचारमा मृत्युदण्ड आवश्यक- पूर्व कानुनमन्त्री

केन्द्रबिन्दु
0
Shares

पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचार नियन्त्रणका लागि मृत्युदण्ड आवश्यक भएको बताएका छन् । त्यसका लागि नेपालले अब संयुक्त राष्ट्रसंघमा ‘प्रोटेस्ट’ हाल्नुपर्ने बताए ।

शुक्रबार संसदमा पेश भएको संकल्प प्रस्तावमाथि बोल्दै पूर्वमन्त्री तामाङले भने – ‘हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं । त्यसैले सरकारले संयुक्त राष्ट्रसंघले यसका विरुद्ध प्रोटेस्ट हाल्नुपर्छ ।’

उनले बलात्कार र भ्रष्टाचारमा मृत्युपर्यन्तको सजायले पनि नपुग्ने बताए । उनले कानुन दण्ड दिनका लागि मात्र नभई समाजमा जानकारी गराउन पनि बनाउने बताए ।

Logo