संसदमा पुग्यो कञ्चनपुर काण्ड, न्याय माग्दा गोली किन ?

संसदमा पुग्यो कञ्चनपुर काण्ड, न्याय माग्दा गोली किन ?

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको बिषय संसदमा प्रवेश गरेको छ । गलत व्यक्तिलाई पक्रेर बलात्कारी बचाउन खोजिएको भन्दै कंचनपुरमा आन्दोलन चर्किएपछि आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले यो बिषय उठान गरेका हुन् ।

नेकपाकी सांसद मीना पाण्डेले निर्मलाको बलत्कारपछि हत्यामा अभियुक्तलाई लुकाउने प्रयास भइरहेको बताए । कांग्रेस सांसद मीन विश्वकर्माले घटनापछि न्याय माग्दै आन्दोलनमा उत्रिएका पीडित पक्षहरुलाई दबाउने र अभियुक्तलाई बचाउनेतर्फ सरकार लागेको भाड्ने बिरोध जनाए । उनले सुस्त मनस्थितिका व्यक्तिलाई पक्राउ गरेर ढाँटिरहेको आरोप लगाए ।

त्यस्तै सांसद रंगमती शाहीले बलात्कारीलाई कारबाही माग गर्दा सरकारले किन गोली चलाएको भन्दै जवाफ मागिन् । सांसद राधा ज्ञवालीले अब संविधान संशोधन गर्दै बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने कानुन बनाउन माग गरिन्। सांसद रामबहादुर विष्टले बलत्कारीलाई पक्राउ गर्न सरकार असफल भएको आरोप लगाए।

सांसद दीपक भट्टले निर्मला पन्तको हत्या प्रकरणको छानबिनका लागि संसदिय समिति गठन गर्न माग गरेका छन्। आन्दोलनका क्रममा आज प्रहरीले गोली चलाउदा प्रहरीसहित ८ जना घाइते भएका छन् । आन्दोलनले उग्र रुप लिएपछि अहिले कर्फ्यु आदेश जारी गरिएको छ ।

Logo