प्रधानमन्त्रीको घोषणा- ‘राजविराजमा मेडिकल कलेज, हुलाकी राजमार्ग पक्की ‘

प्रधानमन्त्रीको घोषणा- ‘राजविराजमा मेडिकल कलेज, हुलाकी राजमार्ग पक्की ‘

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराजमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।

प्रदेश २ को बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजविराजमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । उनले कलेजको नाम नेता रामराजाप्रसाद सिंहको नामबाट राख्ने सोच समेत बनाएको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले  सहरी विकास मन्त्रालयले सम्पूर्ण बजेटको ७० प्रतिशत तराई मधेसको लागि छुट्याएको जानकारी दिंदै अब ५ वर्षपछिको चुनावमा प्रदेश २ का सांसदहरुले पक्की हुलाकी राजमार्गमा दौडेर प्रचार गर्न सक्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘अर्को पल्ट यहाँहरु चुनावमा हिँड्दा हुलाकी सडकमा मज्जाले दौडिन सक्नुहुन्छ। पक्की बाटोमा। त्यो स्थिति बन्छ।’ ‘यो प्रदेश यति भाग्यमानी छ कि रेल पनि यसैबाट कुद्छ, गाडी पनि यसैबाट कुद्छ। राजमार्ग पनि यसैमा छ। हुलाकी राजमार्ग पनि यहीँ छ। कलकत्ता जाने पानी जहाज पनि यही प्रदेशबाट हिँड्छ’, प्रधानमन्त्री ओलीले भने ।

सम्बोधनकै क्रममा उनले संविधानले मधेशलाई विभेद नगरेको बताए। ‘संविधानले कसैलाई विभेद गर्दैन। गरेको छैन। यदि विभेद गरिएको छ भने वा त्यस्तो देखियो भने संविधान र कानून संशोधन हुन्छ’ प्रधानमन्त्रीले भने, ‘कहाँ विभेद छ देखाउनुहोस् संघीय सरकारले संशोधन गर्छ। विभेद छ भन्ने देखिएमा हटाउँछ।’

Logo