अब प्रधानन्यायाधीश बन्ने पालो कसको ?

अब प्रधानन्यायाधीश बन्ने पालो कसको ?

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपनि कामु प्रधानन्यायाधीशमा जोशी नै यथावत रहने भएको छ । अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म जोशी यथावत हुने संवैधानिक व्यवस्था छ । ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’संविधानको धारा १२९ को उपधारा ६ मा उल्लेख छ ।

तर नैतिकताका आधारमा जोशीले राजिनामा दिएको खण्डमा प्रधानन्यायाधीश पद खाली हुनेछ । जोशीको अस्वीकृतसंगै नयाँ प्रधानन्यायाधीश को होला भन्ने उत्सुकता बढेको छ । अब नयाँ प्रधानन्यायाधीशको लाइनमा ओम प्रकाश मिश्र छन् । न्याय परिषदले यसअघि नै जोशीसहित मिश्र र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।

मिश्र प्रधानन्यायाधीश भएमा उमेरहदका कारण आउँदो पुससम्म मात्र जिम्मेवारी सम्हाल्ने छन् । त्यसपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको लाइनमा छन् । जबरा नियुक्त भएको खण्डमा साढे तीन वर्ष प्रधानन्यायाधीश हुनेछन् ।

त्यसपछि भने दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की लगायत छन् ।

Logo