भानुभक्त बने कानुनमन्त्री, पद्मा अर्यालको बढुवा

भानुभक्त बने कानुनमन्त्री, पद्मा अर्यालको बढुवा

केन्द्रबिन्दु
0
Shares

तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई शुक्रबार कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको मन्त्री पदमा बढुवा गरिएको छ । अर्याललाई भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी दिइएको छ । नयाँ नियुक्त भएका मन्त्रीहरुलाई आजै सपथ ग्रहण गराउने कार्यतालिका छ । 

बिबादित अभिव्यक्ति दिएपछि तत्कालिन कानुनमन्त्री तामाङले राजीनामा दिएका थिए ।

Logo