प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बसेको बैठकले जोशीलाई अस्वीकृत गरेको हो ।

अस्वीकृत गर्ने निर्णय भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बहिस्कार गरेर बाहिरिएको छ। प्रधानन्यायाधीश सिफारिश जोशीको साउन १० गते संसदीय सुनुवाइ भएको थियो। शैक्षिक प्रमाण पत्र र कार्यसम्पादनलाई आधार मानेर समितिमा बिबाद आएको हो ।

Logo