काठमाडौं

सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यक्षमता र शैली प्रति असन्तुष्ट बनेका छन् । "/>

सरकारका मन्त्रीहरुको काम प्रति प्रधानमन्त्री नै असन्तुष्ट

सरकारका मन्त्रीहरुको काम प्रति प्रधानमन्त्री नै असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यक्षमता र शैली प्रति असन्तुष्ट बनेका छन् । सरकार विरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो । मूल्यांकन राम्रो नआए मन्त्रिपरिषद सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको उनको सचिवालयका एक सदस्यले बताए ।

‘अहिले प्रधानमन्त्रीज्यूले मन्त्रीहरूलाई छुट्टाछुट्टै बोलाएर सचेत गराउने र परिणाम आउने गरी काम गर्न निर्देशन दिइरहनु भएको छ,’ ती सदस्यले भने, ‘दोस्रो चरणमा पनि कार्यशैलीमा सुधार आएन भने मन्त्रिपरिषद्का सदस्यहरूको जिम्मेवारी हेरफेर हुन सक्छ ।’

आशा गरिएका मन्त्रीहरू समेत परिणाममुखी काममा भन्दा व्यक्तिगत प्रचारमा केन्द्रित भएको र सरकारको ‘स्पिड’ लाई आत्मसाथ नगरेको प्रधानमन्त्रीको बुझाइ छ । प्रधानमन्त्री ओलीले कार्यक्षमतामा कमजोर देखिएका मन्त्रीहरूलाई छुट्टै बोलाएर सचेत गराउन सुरु गरेका छन् ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कार्यक्षमताका आधारमा मन्त्रीहरूको वर्गीकरण गरेका छन् । उनले मन्त्रीहरूलाई ग्रिन, एल्लो र रेड गरी तीन जोनमा वर्गीकरण छन् । प्रधानमन्त्री ओलीले बढी विश्वास गरेका मन्त्री पनि रेकर्डमा एल्लो र रेड जोनमा परेका छन् । सबैभन्दा कमजोर कार्यक्षमता भएकालाई रेड, ठीकै भएकालाई एल्लो र चित्त बुझ्दो भएकालाई ग्रिन जोनमा राखेका छन् ।
नयाँ पत्रिकाबाट

Logo