नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डाक्टर गोविन्द केसीसंग भएको सहमति कार्यान्वयनका लागि सघाउ पुर्याउदै संसदमा प्रभावकारी भुमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ । "/>

संसदमा यसरी भूमीका खेल्दैछ, नेकपा (भिडियो बुलेटिन)

संसदमा यसरी भूमीका खेल्दैछ, नेकपा (भिडियो बुलेटिन)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डाक्टर गोविन्द केसीसंग भएको सहमति कार्यान्वयनका लागि सघाउ पुर्याउदै संसदमा प्रभावकारी भुमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको संसदीय दलको बैठकमा दलका नेता एंव प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीसंग भएको सहमतिको जानकारी गराउदै सहमति कार्यान्वयनका लागि आवश्यक सहयोग पुर्याउन निर्देशन दिनुभएको हो ।

सरकारले काठमाण्डौ उपत्यकामा १० बर्ष मेडिकल कलेज खोल्नका लागि अनुमति नदिने गरि विहिबार राती डाक्टर केसीसंग सहमति गरेको थियो । डाक्टर केसीको मागलाई नै मुख्य एजेण्डा बनाई प्रतिपक्षी दलले संघीय संसद अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री ओलीले सहमति अनुसार अघि बढ्दै संसदमा भुमिकालाई प्रभावकारी र शसक्त बनाउन निर्देशन दिनुभएको हो ।

सहमति जुटाउनका लागि अन्तिम समयमा आएर मध्यस्थकर्ताको भुमिका निर्वाह गरेका उपनेता सुवास नेम्वाङले वार्ताका क्रममा आईपरेका समस्या, सम्बोधनका लागि गरिएको प्रयास र ७ बुँदे सहमतिबारे जानकारी गराउनुभएको थियो । डाक्टर केसीसंग भएको सहमति अनुसार संसदीय प्रक्रिया मार्फत नै विधेयकमा परिमार्जन गरिने नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिनुभयो । 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि १५ औ पटक अनसन बसेका डाक्टर केसीले सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता सहति ७ बुँदे सहमति गरेपनि विहिबार २७ औ दिनको दिन अनसन तोड्नुभएको थियो ।

 

Logo