यस्तो छ, सरकारलाई कांग्रेसले दिएको १३ बुँदे चेतावनी (भिडियो रिपोर्ट)

यस्तो छ, सरकारलाई कांग्रेसले दिएको १३ बुँदे चेतावनी (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले वर्तमान सरकारलाई १३ बुँदे चेतावनी दिएको छ । गत बुधबार सरकारले गरेको मन्त्रिपरिषद्को निर्णय फिर्ता लिन, गोविन्द केसीको माग सम्बोधन गर्न लगायतका माग राख्दै कांग्रेसले १३ बुँदे चेतावनी दिएको हो ।

कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले १४ भदौ २०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसले देउवा सरकारले गरेका निर्णयहरु खारेज गर्ने वर्तमान सरकारको निर्णय तत्काल सच्याउन माग गरेको हो ।

तत्कालिन देउवा सरकारले निर्वाचन आयोगबाट सहमति लिएरै सम्वन्धित वोर्ड र संस्थानमा परिषद्को प्रक्रिया बमोजिम नियुक्ति गरिएको जनाउँदै तत्काल फिर्ता लिन भनेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देउवा सरकारले गत भदौ १४ देखि गरेको निर्णयहरु खारेज गर्ने निर्णय गरेको थियो ।

देउवा जननिर्वाचित व्यवस्थापिका संसदबाटै निर्वाचित प्रधानमन्त्री भएको तथा उनको मन्त्रिपरिषदले आचारसंहिताका बेलामा भएको आवश्यक नियुक्ति पनि निर्वाचन आयोगको सहमतिमै भएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । २०७४ भदौ १४ देखि फागुन २ सम्मका निर्णय नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी विज्ञप्तीमा मार्फत दिईएको छ । (हेर्नुहोस् भिडियोमा)

Logo