कांग्रेसलाई प्रधानमन्त्रीको कडा प्रहार

कांग्रेसलाई प्रधानमन्त्रीको कडा प्रहार

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कडा शब्दमा जवाफ दिएका छन् । कांग्रेस नेता कार्यकर्ताएले आफु नेतृत्वको सरकारले देशमा अधिनायकवाद ल्याउन लागेको भन्दै चर्को आलोचना गर्न थालेपछि प्रम ओलीले त्यसको कडा जबाफ दिएका हुन् ।

शुक्रबार ट्टिवटरमार्फत् प्रधानमन्त्री ओलीले गोलीका आँखा हुँदैन भन्दै जनतामाथि प्रहार गर्नेहरुले आज अधिनायकवाद देख्न थालेको जिकिर गरेको भन्दै टिप्पणी गरेका छन् ।ुहामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका ऑखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो,जसले तीनवर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो, उहॉहरू अहिले अधिनायकवाद बेचिरहनु भएको छु, ओलीको ट्विटरमा उल्लेख छ ।

ओलीले आलोचना सुन्ने र देशमा बेथिति अन्त्य गर्ने पनि बताएका छन् ।

Logo