मुगुमा दोहोरो झडप, प्रहरीसहित आधा दर्जन घाइते

मुगुमा दोहोरो झडप, प्रहरीसहित आधा दर्जन घाइते

केन्द्रबिन्दु
0
Shares

मुगुको गमगढी बजारमा प्रहरी र नेकपा माओवादी विप्लव कार्यकर्ताबीच दोहोर झडप भएको छ । झडपमा परी दुई जना सुरक्षाकर्मी सहित कम्तिमा आधा दर्जन घाइते भएका छन्।

झडपमा प्रहरी निरीक्षक देवेन्द्रसिंह धामी र सशस्त्रका सुरेन्द्र सिंह घाइते भएका छन् । स्थानीय कृष्णचोकमा विप्लवका कार्यकर्ताले भ्रष्टचार र मदिरा विरुद्ध जनसाँस्कृतिक कार्यक्रम गरिरहेको थियो ।

प्रहरीले दुई राउण्ड अश्रु ग्यास फायर गरेको छ । विप्लवका केही कार्यकर्ता पक्राउ परेका छन् ।

Logo