काठमाडौं । राजनीतिमा अध्ययनको आवश्यकता कति हुन्छ ? भनिन्छ, पढेका र नपढेकाहरुको व्यवहार नै फरक हुन्छ । राजनीतिमा भने अध्ययनलाई अनिवार्य मानिदैन । "/>

यी शक्तिशाली १० नेताले कति पढेका छन् ? (भिडियो रिपोर्ट)

यी शक्तिशाली १० नेताले कति पढेका छन् ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजनीतिमा अध्ययनको आवश्यकता कति हुन्छ ? भनिन्छ, पढेका र नपढेकाहरुको व्यवहार नै फरक हुन्छ । राजनीतिमा भने अध्ययनलाई अनिवार्य मानिदैन ।

आधुनिक नेपालको इतिहास पल्टाउने हो भने धेरै पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले पढेका थिएनन् भने अर्का प्रधानमन्त्री शुशिल कोइरालाले पनि पढेका थिएनन् । तर आजको हाम्रो रिपोर्ट पढेका १० ठूला नेताहरुको बारेमा छ ।

नेपाली राजनीतिका झण्डै एक दर्जन नेताहरुले पीएचडी गरेका छन् । नपढ्ने नेताको तुलनामा उनीहरु माथि नै छन् । राजनीतिमा पनि औपचारिक अध्ययनले सुगन्ध थप्ने काम गरेकै छ । प्रस्तुत छ, शक्तिशाली १० नेताको अध्ययन विवरण:-

विद्यादेवी भण्डारी, राष्ट्रपति
भोजपुरको मनेभञ्ज्याङमा वि.स. २०१८ साल असार ५ गते धर्तिमा पाइला टेकेकि हुन् राष्ट्रपति विद्यादेवी भण्डारीले । गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति भण्डारीले भोजपुर क्याम्पसवाट आइ.ए.सम्मको अध्ययन पुरा गरिन् । त्यही समयदेखि नै तत्कालीन नेकपा मालेको युवा संगठनमा संलग्न रहेर राजनीतिक यात्रा सुरु गरिन् ।

बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको शुरुवात गरेकी विद्याले विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल, भोजपुर बाटै एस एल सी उत्तिर्ण गरेकी हुन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरवाट बि.ए.सम्मको अध्ययन गरेकी भण्डारी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन् । अहिले उनी दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपतिमा निर्वाचित भएकि छिन् । भण्डारी यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समयमा रक्षामन्त्री समेत भएकी थिइन् ।

नन्दबहादुर पुन, उपराष्ट्रपति
नन्दबहादुर पुन पासाङ अहिले नेपालको उपराष्ट्रपतिमा दोस्रो कार्यकाल विताइरहेका छन् । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते जन्मेका पुन आठ वर्षको हुदा स्कुल भर्ना भएका थिए । प्राथमिक विद्यालय, जाखरबाट तीन कक्षा उत्तीर्णपछि तत्कालीन निम्नमाध्यमिक विद्यालय राङ्सीमा भर्ना भए । त्यहीबाट २०३७ सालमा सात कक्षा उत्तीर्ण गरेका पुन सदरमुकाम लिबाङस्थित बालकल्याण माध्यमिक विद्यालयमा भर्ना भए । ।

विद्यार्थी सङ्गठनमा आबद्ध भएर सक्रिय राजनीति गरेको आरोपमा विद्यालय प्रशासनबाट उनलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी गर्यो । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनी दिएपछि २०३९ सालमा नौ कक्षा पढ्न थबाङ पुगे । त्यहीबाट २०४२ मा एसएलसी उत्तीर्ण गरेका पुनले २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर उच्चशिक्षा हासिल गरे । पुनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको औपचारिक अध्ययन गरेका छन् । औपचारिक शिक्षाबाहेक उनले सैन्यविज्ञान र राजनीतिक दर्शनको अध्ययन गरेका छन् ।

केपी ओली, प्रधानमन्त्री
विस. २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मेका खड्ग प्रसाद ओली (केपी शर्मा ओली) ले एसएलसीसम्म उत्तिर्ण गरेका छन् । २०२२ सालबाट नै कम्युनिष्ट आन्दोलनमा होमिएका ओलीले २०२८ सालमा झापाको आदर्श माध्यमिक विद्यालयबाट एसएससी उत्तिर्ण गरेका हुन् ।

झापा आन्दोलनका प्रमुख मध्येका एक ओलीले २०२८ देखि २०४४ सम्म जेल जिवन विताए । कारणबस् उनले आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् । राजा विरेन्द्रको पालामा २०५१—२०५२ मा नेपालको गृहमन्त्री र तत्कालिन राजा ज्ञानेन्द्रको पालामा उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत बनेका ओली अहिले दोस्रो कार्यकालका लागि नेपालको प्रधानमन्त्री छन् ।

पुष्पकमल दाहाल प्रचण्ड
विस. २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका प्रचण्डले विएस्सी एजी पछि एमपिए (मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन) सम्मको अध्ययन पुरा गरेका छन् । २०२६ सालमा एसएलसी उत्तिर्ण गरेका प्रचण्डले पाटन संयुक्त क्याम्पसबाट २०३० सालमा आइएस्सी उत्तिर्ण गरेका हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन विताएका प्रचण्डले २०३३ सालबाट २०३५ सालसम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए ।

२०३८ सालमा नेकपामा प्रवेश गरेका प्रचण्डको बाल्यबालको नाम छविलाल दाहाल हो । २०४६ सालदेखि नेकपा मशालको महान्त्री, २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री र २०५१ मा नेकपा माओवादी केन्द्रको महामन्त्री रहिसकेका प्रचण्ड २०५७ देखि तत्कालिन नेकपा माओवादी केन्द्र विघटन नहुदासम्म अध्यक्ष रहेका थिए । अहिले नेकपा माओवादी केन्द्र र एमालेको एकिकरणपछि पनि उनी नेकपाको अध्यक्ष भएका छन् । २०६३ सालमा उनी भुमीगत राजनीति छोडेर सार्वजनिक भएका थिए ।

शेरबहादुर देउवा
२००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा जन्मिएका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक, लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो गरेका छन् । उनी कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम सभापति एवम् संस्थापक सदस्य हुन् ।
कांग्रेस सभापति समेत रहेका देउवा विभिन्न कालखण्डमा नेपालको प्रधानमन्त्री भएका छन् । देउवाले अहिलेसम्म प्रधानमन्त्रीको ४ कार्यकाल खाएका छन् ।

माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी ने क पाका वरिष्ठ नेता माधवकुमार नेपाल विस.२००९ साल फागुन २३ गते रौतहटको गौरमा जन्मेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले जुद्ध माध्यमिक विद्यलयबाट एसएलसी पास गरेका हुन् । उनी २०२२ सालमा विरगंजको ठाकुराराम बहुमुखी क्याम्पसमा भर्ना भए ।

तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा होमिएका नेपालले त्रिभुवन विश्वविद्यालयबाट २०३० सालमा वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन गरेका छन् । प्रत्यक्ष राजनीतिमा आउनुभन्दा पहिले नेता नेपाल बैंकका जागिरे थिए । नेपालका ७५ वटै जिल्ला र विभिन्न देशको भ्रमण गरिसकेका नेपाललाई नेपाली, हिन्दी, मैथली र अंग्रेजी भाषाको राम्रो ज्ञान छ ।

झलनाथ खनाल
विसं २००६ साल चैत ६ गते इलाम जिल्लाको साखेजुङमा जन्मेका खनालले त्रिभुवन विश्वविद्यालयबाट स्नताक गरेका छन् । राजनीति शास्त्र र इतिहासमा स्नातक गरेका खनालले केही समय विज्ञान विषयको शिक्षकका रूपमा जागीरे जीवन बिताए । उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भएका थिए । राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा सक्रिय भएका थिए ।

रामचन्द्र पौडेल
पञ्चायत विरोधी आन्दोलन गरिरहेका बेला १३ वर्ष जेल जीवन विताएका रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ । पौडेले शान्ति तथा पुनर्निर्माण मन्त्री, उपप्रधानमन्त्री, सभामुख लगायत विभिन्न पदिय जिम्मेवारी सम्हालिसकेका छन् ।

बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईको जन्म वि.सं. २०११ साल असार ४ गते गोरखा जिल्लाको प्रसिद्ध लिगलिगकोटको पूर्वी फेदीमा रहेको खोप्लाङको वेलवास गाउमा भएको हो । नेपाली सेनाबाट बर्खास्त भएका गाउका एकजना सिपाही भक्तबहादुर भुजेलबाट २०१८–०१९ सालमा अनौपचारिक शिक्षा लिएपछि उनी २०१९ सालमा खोप्लाङमा भर्खर खुलेको अन्नपूर्ण प्रा.वि.मा ३ कक्षामा भर्ना भए ।

त्यसको केही महिनापछि लुईंटेल भञ्ज्याङमा युनाइटेड मिसन टू नेपालद्वारा सञ्चालित अमरज्योति जनता हाइस्कूल खुलेपछि उनलाई त्यहा लगेर ३ कक्षामा भर्ना गरियो । ३ कक्षामा जीवनको पहिलो औपचारिक परीक्षामा पहिलो भए । कक्षाहरुमा सधै डा. बाबुराम भट्टराई पहिलो र स्व. डा. उपेन्द्र देवकोटा दोस्रो हुने गरेका थिए । डा. भट्टराई २०२६ सालको एस.एल.सी. परीक्षाका बोर्ड प्रथम हुनु ।

२०२७–२०२८ मा काठमाडौंको अमृत साइन्स कलेज (अस्कल) मा आइ.एस्सी. मा पनि बोर्ड प्रथम भएर कोलोम्बो प्लान छात्रवृत्ति अन्तर्गत आर्किटेक्चरल इञ्जिनीयरिङ पढ्न २०२९ मा भारतको चण्डीगढ गए । २०३४ मा अनर्स सहित बी. आर्किटेक्चर सकेर पुनः छात्रवृत्तिमा टाउन एण्ड कन्ट्री प्लानिङमा स्नातकोत्तर गर्न दिल्लीको स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा भर्ना भए ।

२०३६ मा अनर्ससहित स्नातकोत्तर सकेर २०३७ मा अर्को छात्रवृत्तिमा रिजनल डेभलपमेन्ट प्लानिङमा पि.एचडी गर्न दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय पुगे । २०४२ सालमा उनले द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गरेका छन् । उनले डिजाइन गरेका रामेछापको मन्थली तथा दाङको लमही लगायतका सहर हुन ।

उपेन्द्र यादव
विस. २०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा जन्मेका उपेन्द्र यादवले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । मधुवनको मोहन नि.मा.वि.मा प्रारम्भिक शिक्षा प्राप्त गरेका यादवले जनता मा.वि. मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षा लिए । २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि यादवले धरानको हात्तीसार क्याम्पसबाट आईएस्सी उत्तिर्ण गरे । त्यसपछि यादवले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातकोत्तर गरेका हुन् ।

Logo